सर्वोच्चले भन्यो-प्रधानन्यायाधीश राणाले राति प्रधानमन्त्रीलाई भेटेका छैनन्

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सामाजिक सञ्जालमा ओली र प्रधानन्यायाधीश राणाबीच मध्यरातमा भेटघाट भएका खबर सार्वजनिक भएका थिए।

सोको खण्डन गर्दै सर्वोच्चले ओली र राणाबीच भेट नभएको प्रष्ट पारेको छ।

सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्तिमार्फत भनेका छन्, ‘उल्लेखित विषयमा कुनै सत्यता नरहेको र न्यायपालिकाको स्वच्छता एवं यस प्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने गरी अतिरञ्जित तथा दुरासययुक्त भावनाबाट समाचार प्रकाशन हुनु अत्यन्त दुखद र खेदजन्य विषय हो।’

सर्वोच्चले न्याय सम्पादनको कार्यलाई विवादित नबनाउन पनि आग्रह गरेको छ। ‘अदालतमा दर्ता हुन आएका कुनै विवादसँग जोडेर न्यायसम्पादनको कार्यलाई प्रतिकुल प्रभाव पार्ने कुत्सित मनसाय राखी सत्य तथ्य र यथार्य अवस्था बुझ्दै नबुझी समाचार प्रकाशन हुनु दुखद् अवस्था हो, सर्वोच्चले अगाडि भनेको छ, ‘यस प्रकारका कार्यहरु संविधान, कानून र स्वयम् पत्रकार आचारसंहिताको समेत प्रतिकुल हुने हुँदा कानूनी दायरामा आउन सक्ने तर्फ सचेत हुन ध्यानाकर्षण गराउँदछौं । साथै यस्ता भ्रमपूर्ण कपोलकल्पित समाचारको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं।’


प्रतिक्रिया दिनुहोस्