‘सुपर डान्सर –४’ को सेटमा फर्किइन् शिल्पा

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । अभिनेत्री शिल्पा शेट्टी डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ को सेटमा फर्किएकी छन् । परिवारका सबै सदस्यामा कोरोना संक्रमण भएपछि सेटमा टाढा रहेकी उनी संक्रमणमुक्त भए लगतै शोमा जजकै रुपमा फर्किएकी हुन् ।

प्रतियोगी बच्चा तथा शोमा सहभागी सबैले उनलाई धेरै मिस गरेका थिए । सबै शोमा उनी फर्किने समयको प्रतिक्षामा रहेका थिए ।

‘म सुपर डान्सर ४’ को सेटमा फर्किएर निकै खुसी छु’ शिल्पाले ‘सुपर डान्सर ४ ’ को सुटिङलाई लिएर उत्साहित हँुदै भनिन् ‘प्रतियोगी बच्चा र शोका सबै टिम मेम्बर मेरा परिवार हुन् । सबैलाई मैले सम्झिएको थिए ।’

शिल्पा शोको अलवा फिल्म ‘निकम्मा’ र ‘हंगामा २’मा पनि देखिनेछिन् ।


प्रतिक्रिया दिनुहोस्