आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ ।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै आज तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै प्रतितोला एक हजार ३५० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्