कपिलवस्तुमा गोली लागेका माओवादी नेता दिपक पाण्डेको मृत्यु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । कपिलवस्तुमा गत बुधवार गोली लागेका माओवादी नेता दिपक पाण्डेको उपचारका क्रममा मृत्यु भएको छ।

नेता पाण्डेलाई थप उपचारको लागि सोमबार साँझ काठमाडौं ल्याइएको थियो।

भैरहवा मेडिकल कलेजमा उनको उपचार भैरहेको थियो।

थप उपचारका लागि कपिलवस्तु प्रशासनको पहलमा गृह मन्त्रालयले पाण्डेलाई लिन हेलिकप्टर पठाएको थियो।

पाण्डेलाई बुधबार राति कपिलवस्तु नगरपालिका वडा नं ३ सडवाबाट तौलिहवा घर तर्फ जादै गरेको अवस्थामा पल्सर मोटरसाइकल सवार तीन जनाले गोली प्रहार गरेका थिए।

गोली प्रहार गर्ने ओमप्रकाश यादव र साकिर अलि पाखियालाई प्रक्राउ गरी कपिलवस्तु प्रहरीले शुक्रबार सार्वजनिक गरिसकेको छ।

घटनाका मुख्य अभियुक्त यादवले पाण्डेसँगको व्यक्तिगत दुस्मनीका कारण गोलीहानी हत्या गर्ने योजना बनाएको प्रहरी सामु बयान दिएका छन्।

घटनाका अर्का अभियुक्त फरार छन्। उनी को थिए प्रहरीले गोप्य राखेको छ।

पाण्डेसंगै सवार अर्का भारतीय नागरिक ईयाज अख्तर मुसलमान पनि घाइते भएका छन्।

उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्