अहिले जनताले चुनाव चाहेका छैनन्, खारेज गरौं : २२ दल

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । विभिन्न साना वामपन्थी पार्टीले जनताले अहिले चुनाव नचाहेको भन्दै खारेज गर्न माग गरेका छन् ।

कोरोना महामारी बढेको र अहिलेको मुख्य प्राथमिकता जनताको जीवन रक्षा भएको उनीहरूको मत छ।

नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र लगायतका विभिन्न २२ वटा संगठनले चुनावलाई षडयन्त्र भनेका छन्।

उनीहरुले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ विशेषज्ञहरुले आगामी मंसिर र पुसमा कोरोना महामारीको तेस्रो लहर आउन सक्ने र त्यो अहिलेको भन्दा पनि बढी क्षति पुर्‍याउने किसिमको हुने चेतावनी दिएकै समयमा चुनावको मिति तोकिनुले यसपछाडि ठूलो षड्यन्त्र लुकेको दावी गरेका छन्।

जनताको जीवन रक्षा गर्नुपर्ने प्राथमिक दायित्वमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली संवेदनहीन बनेको उनीहरुको निष्कर्ष छ।

२२ दलीय मोर्चाका तर्फबाट सिपी गजुरेलले निकालेको विज्ञप्तिमा राष्ट्रपतिले गरेको निर्णय खारेज गर्न समेत माग गरिएको छ।

यस्तो छ विज्ञप्तिमो पूर्णपाठ

 


प्रतिक्रिया दिनुहोस्