कोरोना संक्रमणबाट नेपाल प्रहरीका अर्का डिएसपीको मृत्यु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा फेरि एक प्रहरी अधिकृतको मृत्यु भएको छ।

महामारी विरुद्ध फ्रन्टलाइनमा खटिएका डिएसपी समिरचन्द्र खरेलको कोभिड संक्रमणबाट निधन भएको हो।

उनको नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

२०५१ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका उनले २०५८ को खुला प्रतियोगिताबाट निरीक्षक दर्जामा उत्तीर्ण गरेका थिए।

काभ्रे खरेलथोकका बासिन्दा घर भएका डिएसपी खरेल खेल क्षेत्रमा पनि सक्रिय थिए।

यसअघि गत साता मात्रै काठमाडौँ प्रहरी परिसरमा कार्यरत डिएसपी राजकुमार केसीको कोरोना संक्रमणकै कारण प्रहरी अस्पतालमा निधन भएको थियो।

महामारी विरुद्ध अग्रपंक्तिमा खटिने नेपाल प्रहरीका ११ कर्मचारीले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्