प्रधानमन्त्रीको स्वेच्छाचारी गतिविधिले पटक पटक अदालत आउन पर्यो : गगन थापा

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको स्वेच्छाचारी गतिविधिका कारण पटक पटक अदालतमा आउनुपर्ने अवस्था आएको बताएका छन्।

सोमबार सर्वोच्च अदालतमा रिट दायरका लागि हस्ताक्षर गर्न पुगेका नेता थापाले भने–‘यस्तो स्वेच्छाचारी कार्यकारी प्रमुख भइसकेपछि पटक पटक न्यायालय आउनुपर्ने अवस्था भएको छ। यो दुर्भाग्यपूर्ण हो। पटक पटक एउटा अहंकारी कार्यकारी प्रमुखको कारणले गर्दा संविधान उल्लंघन गरेको कारणले गर्दा हामी न्यायालयको ढोकामा आउनुपरेको हो।’

नेता थापाले अदालत प्रति भरोसा रहेको पनि बताए। सर्वोच्च अदालतले यसअघि गरेको व्याख्यामा टेकेर अबको केही दिन भित्रमा संसद पुर्नस्थापना हुनेमा उनले विश्वास व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्