पूर्वमन्त्री गोकर्ण विष्टलाई ३ दिनदेखि उच्च ज्वरो

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटन विरुद्ध दायर भएको रिट निवेदनमा माधव नेपाल पक्षीय नेता गोकर्ण विष्टको हस्ताक्षर छैन।

नेता विष्ट प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा लागेको अनुमान भइरहेका बेला उनको नीजि सचिवालयले नेता विष्टलाई विगत ३ दिन उच्च ज्वरो आएको बताएको छ।

विष्टका प्रेस सल्लाहकार मदन खनालले सामाजिक सञ्जालमा लेखेका छन् ‘माननीय गोकर्ण विष्ट उच्च ज्वरोका कारण ३ दिनदेखि घरमै आराम गरिरहनुभएको सबैमा जानकारी गराउँदछु’।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दे राष्ट्रपति कार्यालयमा पेश गरिएको प्रस्तावमा विष्टले हस्ताक्षर गरेका थिए।

यस्तै, माधव समूहका अर्का एक सांसदलाई पनि पखाला लागेका कारण हस्ताक्षर गर्न आउन नसकेको बताइएको छ।

१४९ जना सांसदको हस्ताक्षर हुने बताइएपनि नेपाल समूहका ३ सांसदको हस्ताक्षर नहुँदा आज १४६ सांसदको हस्ताक्षर सहित सर्वोच्चमा रिट दायर भएको छ।

 

 

 


प्रतिक्रिया दिनुहोस्