आमा बनिन् बलिउड गायिका श्रेया घोषाल

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । बलिउड गायिका श्रेया घोषाल आमा बनेकी छन्। श्रेयाले पहिलो सन्तानका रुपमा छोरालाई जन्म दिएकी हुन्। श्रेयाले शनिबार आफू आमा बनेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन्।

सांगीतिक क्षेत्रका विभिन्न व्यक्तिहरुले श्रेयालाई आमा बनेकोमा बधाई दिएका छन्। गायिका नीति मोहन, गायक तथा संगीतकार शेखर रवजियानीलगायतले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। श्रेयाले सन् २०१५ फेब्रुअरी ५ मा प्रेमी शिलादित्य मुखोपाध्यायसँग विवाह गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्