साहित्यकार डा. बानिरा गिरीको निधन

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार


काठमाडौं । साहित्यकार डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा निधन भएको छ ।

हृदयघातका कारण काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा निधन भएको प हो । उनी तीन वर्षदेखि अल्जाइमर्सबाट पीडित थिइन् । उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला हुन् ।

उनका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छ । उनका श्रीमान्, एक छोरा र एक छोरी छन् ।


प्रतिक्रिया दिनुहोस्