कोरोना संक्रमणबाट एमालेका पूर्व सांसद बस्नेतको निधन

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


सुनसरी । कोरोना भाइरस संक्रमणबाट नेकपा एमालेका पूर्व सांसद नरेन्द्र बस्नेतको आज बिहान निधन भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोामबार बिहान ४ बजे उनको निधन भएको हो ।

मोरङको खोर्सानेमा बस्दै आएका ७० वर्षीय बस्नेतलाई दुई दिनअघि अस्पताल लगिएको थियो । कोरोनालाई जित्छु भन्दै घरमै बसिरहेका उनलाई निमोनिया बढेपछि अस्पताल लगिएको खोर्सानेका स्थानीय व्यवसायी गोपाल याक्खाले जानकारी दिए ।

पछिल्लो समय बस्नेत नेकपा एमाले परित्याग गरेर ऋषि कट्टेल समूहको नेकपाको केन्द्रीय सदस्य थिए । खोर्सानेमा उनी विभिन्न सहकारीलगायतका सामाजिक संघ संस्थाहरुमा रहेर समाजसेवामा सक्रिय थिए । उनी भोजपुरबाट निर्वाचित प्रतिनिधिसभाका पूर्व सांसद हुन् ।


प्रतिक्रिया दिनुहोस्