प्रिमियर लिगमा म्यानचेस्टरको सानदार जित

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडाैं । म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा सानदार जित निकालेको छ । उपाधि जितिसकेको सिटी गएराति भएको खेलमा विजयी भएकाे हाे ।

घरेलु मैदानमा एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरेको हो । सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे भने केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक/एक गोल गरे ।

सिटीले उपाधि जित्ने क्रममा ३८ खेलमा ८६ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३८ खेलबाट ७४ अङ्क छ । एभर्टन भने ५९ अङ्क जोडेर दशौं स्थानमा झरेको छ । जितपछि म्यानचेस्टर सिटीले उपाधिको ट्रफी समेत उचालेको छ ।


प्रतिक्रिया दिनुहोस्