केबलकार दुर्घटना हुँदा इटालीमा एक बालकसहित १४ जनाको मृत्यु

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । इटलीको माजीओरी ताल नजिकै एउटा केबलकार खस्दा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना बालकको पनि ज्यान गएको छ भने अर्का एक बालक गम्भीर घाइते भएका छन् ।

स्ट्रेजा शहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेका बेला केबलकार दुर्घटनामा परेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने १४ जनामध्ये पाँच जना इजरायलका नागरिक भएका त्यहाँको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।

आपत्कालीन सेवासम्बन्धी निकायहरूले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्बिरमा जङ्गलमा दुर्घटनाग्रस्त केबलकार देख्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्