आफ्नो कोटको खल्तीमा राष्ट्रपतिलाई राखिएको कार्टुनप्रति प्रधानमन्त्रीको आपत्ति

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एक कार्टुनप्रति आपत्ति जनाएका छन्।

संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई ब्यंग्य गर्दै कान्तिपुर दैनिकमा आइतबार प्रकाशित प्रकाशित काटुृनलाई लिएर प्रधानमन्त्रीले आपत्ति जनाएका हुन।

सो कार्टुनमा राष्ट्रपति प्रधानमन्त्रीको कोटको खल्तीमा देखाइएको छ। आफू निकट प्रेस चोतारीका पदाधिकारीसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले उक्त कार्टुनप्रति आपत्तिप्रकट गरेका हुन।

पत्रिकामा छापिएको कार्टुनप्रति असन्तुष्ठी जनाउदै प्रेत भईसकेको राजसंस्थाको खल्तीमा गणतन्त्रको प्रतिकको रुपमा रहेको संस्थालाई राख्ने काम गरिएकोमा ओलीको भनाई छ।

उनले भने “प्रेत संस्थाको भीमकाय फोटो बनाएर त्यसको खल्तिमा राष्ट्रपतिलाई खल्तीमा राखेको। कति आनन्द आएको होला लोकतन्त्रको नाममा यस्ता घृणित कार्यहरु। राजतन्तत्र भनेको प्रेत संस्था हो। त्यो प्रेत संस्थाको विशाल भिमकाय फोटो बाउने र जनताबाट निर्वाचित जनप्रतिनिधित्वको गणतन्त्रको प्रतिकको रुपमा रहेको संस्थालाई एउटा प्रेत संस्थाका, सामन्ति संस्थाको एउटा खल्तिमा राख्ने सम्मको ? लोकतन्त्रले दिएका स्वतन्त्रताको हकको दुरुपयोग हो।”

उनले केही मिडियाले सरकार विरुद्ध मिसन पत्रकारिता नै सञ्चालन गरेको समेत दाबी गरे।

उनले भने “केही त मिसन पत्रकारिता भएका छन्। जसको काम उपलब्धिको चर्चा नगर्ने र कमजोरीको मात्रै चर्चा गर्ने छैन भने बनावटी अन्तरकुन्तरबाट मार्मिक कहानीहरु बनाउने, निकाल्ने। मार्मिक स्थितिको चित्रण गर्ने। त्यस्तो मार्मिक स्थिति अब आउन नपाओस् भनेर प्रयास गर्ने वा त्यस्ता प्रयासलाई साथ सहयोग गर्ने भन्दा पनि आफ्नो स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति बोकेका छदैछन्।”

उनले लोकतन्त्रका विरुद्ध अतिवादी शक्तिबाट निर्देशित हुने, अतिवादी शक्तिको लाचार छायाँ बनेर तीनको पछि पछि लाग्ने काम नगर्न सचेत गराए।

लोकतन्त्र आएपछि बैचारिक ढंगले भेदभाव गरिएका घटनाको फेयरिस्त दिदै उहाँले वर्तमान सरकार तानाशाही छ भनी प्रश्न गरे।

उनले भने “अहिलेको सरकार तानाशाही छ? लोकतन्त्रमा ५० औ पल्ट हामी गिरफ्तार भएका छौ। नेताहरुले चुटाई खाएका छन्। के अहिलेको सरकार त्यस्तो छ र?”

उनले राज्यकोशको दुरुपयोग गर्ने, मुख मिठ्याउने र जिब्रो चाट्ने काम नगर्न पनि सबैलाई सचेत गराए।

के छ उक्त कार्टुनमा तल हेर्नुहोस्

 


प्रतिक्रिया दिनुहोस्