अध्यादेशबाट बजेट आउँछ, सस्ता लोकप्रियताका कार्यक्रम हुँदैन : प्रधानमन्त्री

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेशबाट आउने बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले निकट प्रेस चौतारी नेपालसँगको अन्तरकृयामा प्रधानमन्त्रीले बजेटमा सस्ता लोकप्रियताका लागि कार्यक्रम नराखिने बताए।

प्रधानमन्त्रीले सस्तो लोकप्रियताको लागि बजेट नल्याउने भनेपनि आफूले यस अघि घोषणा गरेका केही कार्यक्रम भने बजेटमा पर्ने जानकारी दिए। कुन र कस्ता कार्यक्रम हुन् भन्ने बारे उनले खुलाएनन्।

बजेटमा कोरोना महामारी नियन्त्रण र खोप खरीदका लागि पर्याप्त रकम राखिने पनि बताए। प्रधानमन्त्रीले भने, ‘बजेटमा कोभिड बिरूद्धको अभियान र खोप खरीदमा पर्याप्त ध्यान दिइने छ।’

स्वभाविक रुपमा जेठ १५ गते नै बजेट अध्यादेशबाट आउने प्रधानमन्त्री ओलीको भनाई छ।

अध्यादेशबाट आउन लागेको बजेट एक कार्यक्रमको आयोजना गरी अर्थमन्त्री बिष्णु पौडेलले बाचन गर्नेछन्।

 


प्रतिक्रिया दिनुहोस्