ढुंगा खसेर च्याप्दा एकै घरका तीन जनाको मृत्यु

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


बुटवल । प्यूठानमा घर बनाउन राखेको ढुंगा खसेर च्याप्दा एकै घरका तीन जनाको मृत्यु भएको छ।

९ बहिनी गाउँपालिका १ स्यालीवाङका बोमबहादुर मल्लको परिवारका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३८ बर्षीय मल्ल, उनका श्रीमती गमी मल्ल र साढे दुई वर्षका छोरा मेघराज मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए।

सुतिरहेको बेला राति ढुंगा खसेर गएराती तीनै जनाको घटनास्थलमै ज्यान गएको हो।

चार जना छोरीहरूमध्ये जेठी छोरी मामाघर गएको र तीन छोरी अर्को कोठामा सुतेकाले दुर्घटनाबाट जोगिएका छन्।


प्रतिक्रिया दिनुहोस्