मन्त्रिमण्डल हेरफेर हुन्छ, हैसियत अनुसार मन्त्रालय लिनुस् : प्रधानमन्त्री ओली

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको मन्त्रिमण्डलमा हेरफेर हुने बताएका छन्।

सर्वोच्च अदालतको आदेशपछि हाल ७ मन्त्रालय नेतृत्वविहिन छन्। ७ मन्त्रालयको जिम्मेवारी आफैंसँग रहेको भन्दै प्रधानमन्त्री ओलीले केही समयमै मन्त्रिमण्डल हेरफेर हुने बताएका हुन्।

मध्यावधि निर्वाचनको घोषणापछि कामचलाउ हैसियतको सरकारका प्रधानमन्त्री अ‍ोलीले दलहरुलाई चुनावी सरकार बनाउन समेत प्रस्ताव गरेका छन् ।

आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गरी एप्रधानमन्त्री ओलीले यही सरकारलाई चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन्।

उनले अघि भने, ‘७ वटा मन्त्रालय खाली नै छन्। संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ। दलहरुको संसदको हैसियत अनुसार बाँडेर यही सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिन्छ। यही सरकारलाई चुनावी सरकार बनाउन सकिन्छ।’

 


प्रतिक्रिया दिनुहोस्