संसद विघटनले असर गरेन सेयर बजारलाई, नेप्से ३३ अंकले बढ्यो

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि यसको असर नेपाली सेयर बजारमा देखिन्छ कि देखिदैन भनेर चासोका साथ हेरिएको थियो।

आज नेप्सेमा सामान्य करेक्सन देखिनसक्ने धेरैको आँकलन थियो।

तर, नेप्से परिसूचक झन् उकालो लागेको छ। नेप्से गत बिहिबारको भन्दा आज ३२.८३ अर्थात ३३ अंकले बढेर २८२०. ०० को बिन्दुमा बजार बन्द भएको छ। नेप्से परिसूचक २८२० मा पुगेर नयाँ रेकर्ड कायम राखेको नेप्सेले जनाएको छ। यो हालसम्मकै उच्चबिन्दु हो।

‘क’ बर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज ८.२१ अंकले बढेर ५०७.८१ को बिन्दुमा पुगेको छ।

आज ग्रिन डेभलभमेन्ट बैंक, मन्जु श्री फाइनान्स, लगायत धेरै कम्पनीको सेयर मूल्य वृद्धि भएको छ।

यसदिन नेप्सेमा २२० कम्पनीको सेयर किनबेच हुँदा कारोबार रकम ११ अर्ब ६५ करोड ५८ लाख रूपैयाँ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्