२४ घण्टामा भारतमा ४,१९४ कोरोना संक्रमितको मृत्यु, दुई लाख ५७ हजारमा संक्रमण

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ४,१९४ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ९५ हजार ५२५ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार २९९ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा हालसम्म २ करोड ६२ लाख ८९ हजार २९० जना कोरोना संक्रमण भइसकेको छ ।

भारतमा कोरोना संक्रमणको दरमा केही कमी आउन थालेको छ । दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिने गरेकोमा यो संख्यामा अहिले केही कमी आएको तथ्यांले देखाएको छ ।


प्रतिक्रिया दिनुहोस्