भारतीय भेरियन्ट नभन्न भारतको निर्देशन

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । कोरोना भाइरसको भारतीय भेरियन्ट उल्लेख भएका सामग्रीहरु हटाउन भारतले सामाजिक सञ्जाल कम्पनीहरुलाई निर्देशन दिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भारतीय भेरियन्ट नभइ बी. १. ६१७ नाम दिएकाले यसलाई भारतीय भेरियन्ट भनेर प्रचार गरिनु गलत भएकाले त्यस्ता सामग्री हटाउन फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाललाई निर्देशन दिएको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको हो ।

कोरोना भाइरसका भेरियन्टहरु पहिलो पटक देखिएको ठाउँअनुसार यूके भेरियन्ट, ब्राजिलियन भेरियन्ट, भारतीय भेरियन्ट जस्ता नाम दिइदै आएको छ ।

योभन्दा पहिले पनि भारतले कोरोना महामारी नियन्त्रणलाई लिएर सरकारको आलोचना भएका सामग्री हटाउन सामाजिक सञ्जाललाई निर्देशन दिएपछि सरकारको आलोचना भएको थियो ।


प्रतिक्रिया दिनुहोस्