जेठ ८ को प्रतिक्रान्तिकारी हर्कत पुस ५ को भन्दा गम्भीर छ: बाबुराम भट्टराई

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जेठ ८ को प्रतिक्रान्तिकारी हर्कत पुस ५ को भन्दा गम्भीर भएकाे बताएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधि सभाको विघटनभन्दा अहिले जेठ ८ गते गरेको विघटन गम्भीर भएको बताएका हुन ।

पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले यसका तीन कारण समेत दिँदै लेख्छन् ‘जेठ८को प्रतिक्रान्तिकारी हर्कत पुस५कोभन्दा गम्भीर छ!किनकि:१.कोरोनाको दोश्रोलहर चर्केको वेला राज्यले नरसंहार गर्ने जनताले प्रतिरोध गर्ननसक्ने अवस्था छ;२.यो संसद विघटन मात्र हैन संविधान विघटन गर्ने गुरूयोजना अन्तर्गत छ;३.यसभित्र राष्ट्रघात छ,प्यादाहरू छन्!अत:एकताबद्ध प्रतिरोध गरौं!’


प्रतिक्रिया दिनुहोस्