सत्ताधारीले वैधता गुमाएपछि अनेक भ्रम, विभाजन सिर्जना हुन्छः घनश्याम भुसाल

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता घनश्याम भुसालले सत्ताधारीले वैधता गुमाएपछि अनेक भ्रम, विभाजन सिर्जना गर्ने बताएका छन् ।

पार्टीभित्र पुनः विवाद उत्कर्षमा पुगेपछि र माधवकुमार नेपालसहित केही नेतालाई तेस्रो पटक र सांसदहरूलाई दोस्रो स्पष्टीकरण थमाइएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

उनले भनेका छन ‘सत्ताधारी वर्गले आफ्नो ऐतिहासिक वैधता गुमाउँदै गएपछि नागरिकलाई भ्रमित पारेर, उनीहरुको पङ्तिमा विभाजन देखाएर, कसैलाई तर्साएर र अरुलाई किनेर, कतिलाई मानपदवी दिएर, कैयनलाई बदनाम गरेर समाजमा नक्कली वैधता सिर्जना गर्न अनेक प्रयत्न गर्छ । वास्तवमा परिणाम विपरित हुन्छ ।

उसले जति जति त्यस्तो चर्तिकला देखाउँदै जान्छ क्रान्तिले वैधता पाउँदै जान्छ । सत्ताले समस्या व्यक्तिमा देख्छ र साम, दान, दण्ड, भेदजस्ता समाधानका उपायहरु अपनाउँछ ।

यसबारे माक्र्सको निष्कर्ष के छ भने समस्या केवल व्यक्ति वा व्यक्तिहरुको होइन बरु त्यस्ता व्यक्ति जन्मिने वस्तुगत अवस्थाको हो । अथवा यसरी भनौँ – राजनीतिक समस्याको समाधान अराजनीतिक छक्कापञ्जाले गथ्र्यो भने आजका विश्व विद्यालयहरुमा मुख्यरुपले छक्कापञ्जाशास्त्र कै पढाई हुन्थ्यो ।’


प्रतिक्रिया दिनुहोस्