ला लिगा उपाधि एथलेटिकोलाई

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । स्पेनिस ला लिगाको उपाधि एथलेटिको मड्रिडले उचालेको छ । लिगको अन्तिम खेलमा उपाधि होडमा रहेको रियल म्याड्रिडले जित हासिल गरेपनि एटलेटिकोले २ अंकको अग्रता लिँदै उपाधि जितेको हो ।

जितसँगै एटलेटिकोले ३८ खेलमा ६ अंक जोडेको छ । रियल भने ३ खेलमा ८४ अंक जोड्दै उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

बार्सिलोनाले पनि अन्तिम खेल जित निकाल्दै ७९ अंकमा तेस्रो स्थानमा रहेर यो सिजन सकाएको छ ।

शनिबार राति रियल भालाडोलिडको घरेलु मैदानमा भएको खेलमा २–१ ले जित निकाल्दै एथलेटिको च्याम्पियन बनेको हो । पराजित भालाडोलिड भने रेलिगेसनमा परेको छ ।

पहिलो हाफमा १–० ले पछि परेको एटलेटिकोले दोस्रो हाफमा २ गोल गर्दै उपाधि पक्का गरेको हो । पहिलो हाफको १८ औं मिनेटमा भालाडोलिडका ओस्कार प्लानोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ५७ औं मिनेटमा एन्जल कोर्रियाले गोल गर्दै खेललाई बराबरीम ल्याए । ६६ औं मिनेटमा सुआरेजले गोल गर्दै खेलमा एटलेटिकोलाई अग्रता दिलाएका थिए ।

उता शनिबार नै भएको अर्को खेलमा रियल मड्रिडले घरेलु मैदानमा भिल्लारियललाई २–१ ले पाखा लगायो। भिल्लारियलका एरेमी पिनोले खेलको २० औं मिनेटमा अग्रता बनाए पनि रियलका लागि करिम बेन्जेमा र मोड्रिचले गोल गरे । लिगको अन्तिम खेलमा बार्सिलोनाले एइबरलाई १–० ले हरायो ।


प्रतिक्रिया दिनुहोस्