प्रधानमन्त्रीको कदम विरुद्ध आज रिट दायर गर्ने विपक्षी गठवन्धको तयारी

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । संसद् विघटन गरेर निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबिरुद्ध विपक्षी दलले आज रिट दायर गर्दैछन् ।

प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधान नै मिचेर असंवैधानिक काम गरेको भन्दै रीट दायरका लागि शनिबार सिंहदरबारमा कानूनविद्संग छलफल गरेको छ ।

एमाले नेता माधव नेपाल समूहको समेत सहभागिता रहेको बिपक्षी दल कानूनी उपचार खोज्न कानूनविद्संग छलफल गरेको हो ।

बिपक्षी सवै दलका सांसदहरुको हस्ताक्षरसहित रिट दायर गरिने तयारीको छलफलका क्रममा पूर्वन्यायधिवक्ता मुक्ति प्रधानले संसद बिघटनबिरुद्ध कानूनी उपचार खोज्ने प्रशस्त आधार रहेको सुझाएका छन् ।

उनले संविधान मिचेर नै संसद बिघटन भएको निष्कर्ष आफुहरुको रहेको प्रधानले धारणा राखे । शनिबार नै बसेको बिपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानुनी संघर्ष गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्