संसद विघटनको विरोधमा नेवि संघले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दै मध्यावधि निवार्चन घोषणा गरेको विरोधमा काठमाडौंमा नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला जलाएको छ।

संसद् विघटनको विरोधमा नेविसंघले पशुपति क्याम्पसअगाडि शनिबार साँझ भण्डारी र ओलीको पुत्ला जलाएको हो।

आइतबार राति राष्ट्रपतिले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि नेकपा एमालेको ओली पक्ष र जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबाहेक सम्पूर्ण राजनीतिक दलले विरोध गरिरहेका छन्।

 


प्रतिक्रिया दिनुहोस्