संसद् विघटन अलोकतान्त्रिक, निरंकुशतातर्फ उन्मुख : सर्वोच्च बार

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


सर्वोच्च अदालत बार एशोसिएसनको प्रतिनिधिसभाको विघटनलाई राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको संविधानमाथिको कपटपूर्ण, जालसाजी र धोका भनेको छ।

शनिबार विज्ञप्ति जारी गरी सर्वोच्च बारले धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री दावीमा वस्तुनिष्ठ तरिकाले निष्कर्षमा नपुगेको र सार्वभौम प्रतिनिधिसभा छलेर षड्यन्त्रमूलक ढंगले संसद विघटन गरिएको भन्दै आपत्ति जनाएको छ।


प्रतिक्रिया दिनुहोस्