नयाँ कोरोनाका बिरामीलाई आफै अक्सिजनको जोहो गरेर अस्पताल आउन बीपी प्रष्तिष्ठानको आग्रह

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । धरान स्थित बीपी प्रतिष्ठान अस्पतालले नयाँ आउने बिरामीलाई आफैं अक्सिजनको जोहो गरेर अस्पताल आउन आग्रह गरेको छ।

केहि दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले आफै अक्सिजन खोजेर ल्याउन भन्ने अस्पताललाई कारवाही गर्ने चेतावनी दिएको थियो।

मन्त्रालयको उक्त चेतावनीका बाबजुत बीपी प्रतिष्ठानले अक्सिजन प्लान्टमा समस्या आएका कारण कोरोनाका नयाँ बिरामीलाई भर्ना लिन नसक्ने जनाएको हो।

प्रतिष्ठानका सह–प्रवक्ता चुरामणि पोखरेलले शनिबार सूचना जारी गर्दै प्रतिष्ठानमा रहेको असक्सजन प्लान्टमा प्राविधिक समस्या आएकोले अक्सिजनको अभावमा गम्भीर अवस्थाका नयाँ बिरामीको उपचार गर्न नसकिने अवस्था आएको उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्