गगन थापा भन्छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा!’

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गरेको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई तिमी शब्दवली प्रयोग गरेको प्रति प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आज सार्वजनिक कार्यक्रममै असन्तुष्टि जनाए।

देउवा जीमा सभ्यता नरहेको ओलीको टिप्पणी थियो। देउवाको आलोचना गरेपछि ओलीलाई काँग्रेस नेता गगन थापाले जवाफ फर्काएका छन्।

गगन थापाले सामाजिक सञ्जाल फेसबुकमा यस्तो स्टाटस लेख्दै ओलीलाई जवाफ फर्काएका हुन।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड! ‘सम्माननीय राष्ट्रपतिुबाट तपाईं हुँदै तिमीमा कसले ओरालेको? आफ्नै कर्म र प्रवृतिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो।’


प्रतिक्रिया दिनुहोस्