ओलीले नेपाललाई सिक्किमिकरण गर्न खोजेको विपक्षी दलका युवाहरुको आरोप

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्षीय युवाहरुको संगठनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध जनाएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव पक्ष), जनता समाजवादी .जसपा) नेपाल, राष्ट्रिय जनमोर्चा र विवेकशील साझा पार्टी सम्बद्ध युवा संगठनहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओली नेपाललाई संवैधानिक संकटको व्यवस्था जिर्जना गर्दै सिक्किमिकरणको दिशामा लान उद्दत रहेको आरोप लगाएका हुन्।

६ संगठनका अध्यक्षहरुले संसद विघटनमार्फत संवैधानिक संकट निम्त्याउने ओलीको कदमको घोर भर्त्सना समेत गरेका छन्।

उनीहरुले ‘संविधानको हत्या गर्ने’ राष्ट्रपति विद्यादेवी भण्डारीलाई यथाशीघ्र कानुनी कठघरमा उभ्याउन पनि राजनीतिक दलहरुसमक्ष माग गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस्