प्रतिनिधिसभा विघटन प्रतिगामी भएको माओवादी केन्द्रको ठहर, अग्रगमनको पक्षमा सँघर्ष गर्ने

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारको असंवैधानिक कदम विरुद्ध अन्य राजनीतिक दलसँग मिलेर प्रतिवाद गर्ने निर्णय गरेको छ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपति र प्रधानमन्त्रीले चालेको प्रतिनिधिसभा बिघटनको कदमलाई प्रतिगमन ठहर गर्दै स्वाधीनता र अग्रगमनको पक्षमा सँघर्ष गर्ने निर्णय गरेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञप्ति जारी गर्दै हालले प्रतिनिधिसभा विघटन २०७७ पुस ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्