सडकमा हुने प्रदर्शन रोक्न गृहको सुरक्षा निकायलाई निर्देशन

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटनको घोषणा गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि विपक्षीदलहरु आन्दोलनको तयारीमा छन्।

कोरोना महामारीका बिच पनि दलहरुले सरकारी निर्णयको राजनीतिक र कानुनी उपचार खोज्ने बताएका छन्।

सडकमा प्रर्दशन हुन सक्ने भन्दै गृहमन्त्रालयलमा आकस्मिक सुरक्षा बैठक सम्पन्न भएको छ।

गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिएका हुन् ।

भिडभाड गर्नेमाथि कानुनी कारवाही चलाउन समेत गृहले मातहतका निकायलाई निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस्