एकैदिन ८८४८ कोरोना संक्रमित निको भए, १२९ जनाको मृत्यु

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । थप आठ हजार ९८० मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ३५७ को पिसिआर तथा ७४८ को एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ५९१ र ३८९ मा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै देशभर सङ्क्रमितको कुल संख्या पाँच लाख पाँच हजार ६४३ पुगेको छ।

हालसम्म २८ लाख ९७ हजार ५०३ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा आठ हजार ८४८ उपचारपछि निको भएर घर फर्किएका छन्।

हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ८३ हजार ६८४ पुगेको छ।

कारोना निको भएको दर ७५ दशमलव ८ प्रतिशत रहेको छ।

यस्तै गत २४ घण्टामा थप १२९ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ६ हजार १५३ पुगेको छ।

आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ७४० रहेको छ।

मन्त्रालयले उपलब्ध गराएको विवरणमा हालसम्म २१ लाख १३ हजार ८० ले कोरोना बिरुद्धको पहिलो मात्राको खोप लगाएका छन्।

दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या पाँच लाख १४ हजार २५३ पुगेको छ।

काठमाडौंमा धेरै

आज सबैभन्दा धेरै काठमाडौं उपत्यकामा नयाँ संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १,८११, भक्तपुरमा १७९ र ललितपुरमा ३३८ जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण भई २,२२७ जना अस्पताल भर्ना भएका छन्। जसमध्ये १७४३ जना जनरल र एचडीयू बेडमा छन् भने ४८४ जना आईसीयूमा उपचाररत छन्। आईसीयूमा उपचाररतमध्ये १९३ जना भेन्टिलेटरमा छन्।


प्रतिक्रिया दिनुहोस्