राष्ट्रपतिलाई ‘तिमी’ सम्बोधन गरिएको देउवाको विज्ञप्तिप्रति प्रधानमन्त्रीको आपत्ति

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाको विज्ञप्ति प्रति आपत्ति जनाएका छन्।

प्रतिनिधिसभा विघटन विरुद्ध सभापति देउवाले जारी गरेको विज्ञप्तिको भाषामा प्रधानमन्त्री ओलीको असन्तुष्टि छ।

शनिबार बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘शेरबहादुर देउवाको औपचारिक वक्तव्य हेरें, राष्ट्रपतिलाई तपाईंसम्म भन्ने सभ्यता रहेन । तिमी, उनी, यसो गरिन् जस्ता भाषा प्रयोग गरिएको छ। राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषा यस्तो छ । सामन्तवादप्रतिको दलाली त्यस ठाउँमा एक जना कुलिन घराना पाखण्ड सिद्धान्तको आधारमा आएको राजा नामको पात्र भएको भए कस्तो कस्तो भाषा बोलेर निहुरिएर हात मुसारेर के के भाषा बोल्थे यिनै मानिसहरू?,’।

‘सम्मानित पदमा पुगेको जनताका छोराछोरीलाई सम्मान गर्नुहुन्न भन्ने हामीलाई परेको छ। अरूको त के कुरा नेपाली कांग्रेसका सभापतिले पनि त्यो गरिमा राख्न चाहनुभएन। राष्ट्रपतिलाई यसो गरिन् भनेर लेखिएको छ,’ ओलीले भने,‘यसबाट थाहा हुन्छ गणतन्त्रलाई खुइल्याउने षडयन्त्र कहाँसम्म पुगेको रहेछ।’

के थियो देउवाको विज्ञप्तिमा? तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्