प्रतिनिधिसभा विघटन विरुद्ध माओवादी निकट विद्यार्थी आन्दोलनमा, मन्त्रीका गाडी चल्न नदिने

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेकपा माओवादी केन्द्र र एमालेको माधव नेपाल निकट विद्यार्थी संगठन आन्दोलनमा उत्रने भएका छन्।

शनिबार माओदी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रजित तामाङ र नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

विरोधका कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झण्डाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने, सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने लगायत छन्।

 


प्रतिक्रिया दिनुहोस्