पेरिसडाँडामा माओवादी केन्द्रको आकस्मिक बैठक सुरु

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि समसामयिक बिषयमा निर्णय गर्न नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ।

आकस्मिक रूपमा बोलाइएको माओवादी केन्द्रको स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा साढे ३ बजेबाट सुरु भएको हो।

माओवादीले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न लागेको हो।

बैठकले संसद् विघटन भएको अवस्थामा कसरी अगाडि बढ्ने रणनीति तय गर्ने छ।


प्रतिक्रिया दिनुहोस्