‘प्रतिगामी तानाशाही कदम विरुद्ध एकजुट बनौंं’

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत संसद विघटन गरेर निर्वाचन घोषणा गर्नु संविधान विरोधी, प्रतिगामी तानाशाही कदम भएको टिप्पणी गरेका हुन् । उनले प्रतिवादका लागि सबै पक्षलाई एकजुट हुन आह्वान पनि गरेका छन् ।

सामाजिक सञ्जालमा लेखेका छनः ‘राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ । यो कदम कदापि क्षम्य हुने छैन । यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो । यस कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु ।’


प्रतिक्रिया दिनुहोस्