पशुपति शम्शेरले भनेः महामारीका बेला चुनावको कुरा गर्नु बहुलठ्ठिपन हो

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबराले महामारीका बेला चुनावको कुरा गर्नु बहुलठ्ठिपन हुने टिप्पणी गरेका छन् ।

अध्यक्ष राणाले गएराति प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन र मध्यावधि चुनावको घोषणालाई प्रजातन्त्रको धज्जि उडाउको रुपमा लिएको बताए ।

सामाजिक सञ्जालमा नेता राणाले लेखेका छन्, ‘प्रजातन्त्रमा चुनाव अपरिहार्य अभ्यास हो। यद्यपि संविधानको धज्जी उडाएर, चुनावको नाममा महामारी र आर्थिक संकटबीच जनताको ज्यान चरम जोखिममा धकेल्नु बहुलठ्ठिपन हो। कसैको कुर्सी जोगाउन नेपाली जनताको रोग, भोक, शोकमा आँखा चिम्लिनु अमानवीयताको पराकाष्ठा हो।’

राणाले कसैको कुर्सि जोगाउनका लागि रोग, भोक र शोकमा परेका जनताको शोकमा आँखा चिम्निु अमानवीय कार्य हुने बताए ।


प्रतिक्रिया दिनुहोस्