जनतामा ओलीप्रति सहानुभूती बढदै छ: शंकर पोखरेल

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले प्रधानमन्त्री केपी ओलीप्रति सहानुभूति बढिरहेको दावी गरेका छन् ।

मध्यरातमा प्रधानमन्त्री ओलीले दोश्रो पटक संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि चौतर्फि आलोचना बढिरहेका बेला नेता पोखरेलले भने प्रधानमन्त्री ओलीप्रति सहानुभूति बढेको बताएका हुन् ।

सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया लेख्दै पोखरेलले एकोहोरो रुपमा प्राधनमन्त्रीको आलोचना गर्ने तर आफुहरुले गरेको असंसदीय व्यवहार नदेख्ने प्रबृतीकै कारण ओलीप्रति सहानुभूति बढेको दावी गरे ।

पोखरेलले लेखेका छन्, ‘आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क।ओलीप्रति सहानुभूती वढदै छ।’


प्रतिक्रिया दिनुहोस्