‘ओली गणतन्त्र विरोधीको मतियार बने, प्रतिवाद गरौं’

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गरेर मध्यावधि चुनावमा जाने सरकारको कदमको प्रतिवाद गर्न आव्हान गरेका छन् ।

संविधानको धारा ७५ ५ अनुसार सरकार बनाउने स्पस्ट विकल्प हुदाहुदै पनि संविधानको धज्जि उडाउदै संसद विघटन गरिएको प्रचण्डको दावी छ ।

अध्यक्ष प्रचण्डका तर्फबाट छोरी तथा स्वकीय सचिव गंगादाहालले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘१ सय ४९ जना बहुमत सांसदको हस्ताक्षर सहितको नया सरकार बनाउने स्पष्ट बिकल्प हुदाहुदै फेरि पनि संबिधानको धज्जि उडाउदै जनमतको अपमान गर्दै बारम्बार संसद बिघटन गर्ने निरंकुश केपी वली संबिधान र लोकतान्त्रिक गणतन्त्र मन नपराउनेहरुको गोटी बनेका छन, नेपाली जनता धेरै सचेत भइसकेका छन । हिसाब राम्रै संग राख्नेछन ! संपुर्ण गणतन्त्र पक्षधरहरुले आ आफनो ठाउ बाट प्रतिवाद गरौं !!’


प्रतिक्रिया दिनुहोस्