युरोपियन युनियनले थोरै र मध्यम आय हुने देशहरूलाई १० करोड डोज खोप सहयोग गर्ने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । युरोपियन युनियन (ईयू) ले थोरै तथा मध्यम आय भएका देशहरूमा १० करोड डोज खोप उपलब्ध गराउने भएको छ ।
कोरोना भाइरसको महामारीमा परेका देशहरूलाई महामारीविरुद्ध लड्न सघाउने गरी कोरोना भाइरसविरुद्धको खोप दिने ईयूले जनाएको छ ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले यस वर्षको अन्त्यसम्ममा खोप उपलब्ध गराइने निर्णय भएको बताए । विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले यो प्रारम्भिक सहयोग मात्रै हुने र थप सहयोग पनि गर्न सकिने बताए ।


प्रतिक्रिया दिनुहोस्