सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हाले: गगन थापा

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेकाे प्रतिकृया दिएका छन । उनले राष्ट्रपति र प्रधानमन्त्रीको निर्लज्ज कदमको प्रतिरोध गर्न आह्वान समेत गरेका छन् ।

‘महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्’ थापाले ट्वीटरमा लेखेका छन्, ‘नेता गण ! न अलमलिउँ,खुट्टा नकमाऔं, सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं ।’

उनले लेखेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद ! विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३) को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आह्वान, अनुकूल नभएपछि फेरि विघटन । कस्तो सेटिङ ! प्रत्रिया त देखाउन मात्र थियो, यिनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो, लिए ।’


प्रतिक्रिया दिनुहोस्