‘राष्ट्रिय स्वाधीनता र जनअधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्य भयाे’

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दशन शर्माले संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नुलाई राष्ट्रिय स्वाधीनता र जनअधिकारलाई समाप्त पार्ने अपराधपूर्ण कार्य भएको बताएका छन् ।

आज समाजिक सञ्जालमार्फत उनले लेखेका छनः ‘राज्य असफल पारेर राष्ट्रिय स्वाधीनता र जन अधिकारलाई समाप्त पार्ने अपराधपुर्ण कार्य विरुद्ध आम देशभक्त संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एकजुट होऔं ।’

हिजो संविधानको धारा ७६ (५) अनुसार एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैलाई प्रधानमन्त्री बनाउन नमिल्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको घोषणा गरेकी थिइन ।


प्रतिक्रिया दिनुहोस्