संसद् विघटन गरेर ओलीले मुलुकलाई पुनः प्रतिगमनतिर डोर्‍याए: युवराज ज्ञवाली

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर मुलुकलाई पुनः प्रतिगमनतिर डोर्‍याएको बताएका छन ।

मध्यरात संसद् विघटन गर्दै मुलुकलाई अर्ली इलेक्सनतिर लगेको भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलिभगतमा यो भइरहेकाले यस कमदलाई कुनै हालतमा साथ दिन नहुने बताए ।

‘प्रधानमन्त्री ओली प्रतिगमनको दिशातिर जाँदैछन् । उनको पहिलो कदम अदालतले रोकिदिएको थियो । पुनः त्यो कदम ठिक थियो भन्ने पार्न संसद् विघटन गरेका छन् । नेपाली जनता सबै मिलेर यसको भण्डाफोर गर्नुपर्छ’, उनले भने ।

‘कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षर लानुभएको थियो । प्रधानमन्त्रीले बहुमत सिद्ध गर्न सकेको भए अर्को प्रक्रियामा जानै पर्दैनथ्यो नि । यो हाकाहाकी संविधान मिच्ने, लोकतन्त्र उल्ट्याउने काम भइरहेको छ । यो कदमको जुनसुकै शब्दमा निन्दा गरे पनि कम हुन्छ’, उनले भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्