‘जनतालाई औषधि किन्ने पैसा नभएको बेलामा चुनाव किन ?’

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने जानकारी दिएका छन् ।

पौडेलले भनेका छनः ‘यो एकाएक आएको होइन, अस्ती बेलुकादेखि तानाबाना बुनिँदै थियो । यो अहिलेको मात्रै घटना होइन । शुरुदेखि नै यो संसद फाल्ने, परिवर्तनलाई उल्ट्याउने, संविधान फाल्ने, समावेशी लोकतन्त्रलाई सिध्याउने गरिएको थियो, यो त्यसैको निरन्तरता पनि हो ।’

‘हामी कानुनी र राजनीतिक लडाईं लड्छौं । शव गाड्न जनताले साथ पाएका छैनन् । आर्यघाटमा शव जलाउन सकिने अवस्था छैन’, उनले भने, ‘जनतालाई औषधि किन्ने पैसा नभएको बेलामा चुनाव किन ?’


प्रतिक्रिया दिनुहोस्