काँग्रेस पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बस्दै

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रमुख नेपाली प्रतिपक्षी दल नेपाली काँग्रेस पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन ।

शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार विहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजे प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेपछि काँग्रेसको आकस्मिक बैठक बस्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्