‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगको कडी हो यो ओली-विद्या कुकर्म’

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु मध्यावधी चुनाव नभइ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच भएकाे बताएका छन । उनले याे कदम संविधान खारेज गर्ने प्रपञ्च मात्र भएको बताएका हुन ।

उनले ट्वीटरमा लेखेका छन्, ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस५बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधी चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅ;प्रतिवाद गरौं!’


प्रतिक्रिया दिनुहोस्