संविधानलाई समाप्त गर्ने काम भयाेः शेखर कोइराला

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले संविधानलाई समाप्त गर्ने काम भएकाे बताएका छन । उनले उनले सामाजिक सञ्जाल मार्फत देशलाई कहालीलाग्दो द्वन्द्वमा लगेको बताएका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति तोकेपछि आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर राष्ट्रपतिबाट मध्यरातमा संविधान च्यात्ने काम भएको उनकाे भनाइ छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो। राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ। संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।’


प्रतिक्रिया दिनुहोस्