युद्धविरामपछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनीबीच झडप

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । युद्धविरामको घोषणापछि पनि इजरायलका सुरक्षाकर्मी र प्यालेस्टाइनका नागरिकबीच झडप भएको छ । ११ दिन लामो हिंसात्मक गतिविधिपछि दुवै पक्षले हिजो बिहान युद्धविरामको सहमति गरे पनि फेरि झडप भएको बीबीसीले जनाएको छ ।

प्यालेस्टाइनका नेता हनान अशरवीले सबै विवाद समाधान नगरे युद्धविराम अस्थायी मात्रै हुने चेतावनी दिएका छन् । ११ दिन चलेको हिंसात्मक द्वन्द्वमा कम्तीमा एक सय जना बालबालिका र महिलासहित २३२ जना प्यालेस्टाइनी नागरिकले ज्यान गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्