कस्तो रहला आज दिनभरको मौसम ?

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ र भारतको उत्तर–प्रदेशको दक्षिण–पश्चिम भूभाग आसपासमा रहेको चक्रवात ताउ–ते थप कमजोर भई न्यून चापीय क्षेत्रका रुपमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। देशका केही स्थानहरुमा वर्षा भईरहेको छ ।

शनिवार दिउँसो देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूर–पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मध्यमदेखि भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती प्रदेश १ लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखी सामान्य बदली र अन्य भूभागमा सामान्यतय सफा रहनेछ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्