राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुको विकल्प छैन : प्रवक्ता श्रेष्ठ

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले अब प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई निुयुक्त गर्नुको विकल्प नभएको बताएको छ।

नेकपा माअ‍ोवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल मार्फत देउवाको विकल्प नभएको उल्लेख गरेका छन्।

‘नेका, हाम्रो पार्टी, राष्ट्रिय जनमोर्चाको संस्थागत पार्टी निर्णयसहित जसपाका बाबुराम भट्टराई, उपेन्द्र यादवसहित र नेकपा (एमाले)का झलनाथ खनाल, माधव नेपालसहितका बहुमत प्रतिनिधि सभा सदस्यहरु (१४९)को हस्ताक्षरको समर्थनले नेका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गरिएको छ। राष्ट्रप्रतिले संवैधानिकरुपमा तुरुन्त शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको विकल्प छैन’, श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्